यस साथी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं विस्तारित बैठक संस्थाका अध्यक्षद्दारा प्रस्तुत आ.व. ०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन माथी समीक्षा गर्दै आ.०८३/०८४ का लागि कोषाध्यक्षद्दारा प्रस्तुत बजेट साथै अध्यक्ष तथा सम्पुर्ण समिति तथा उप-समिति संयोजकहरुद्दारा प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममाथि व्यापक छलफल गर्दै संस्थाका पुर्व अध्यक्ष तथा परामर्श परिषद् संयोजकद्दारा सहकारी अभिमुखिकरण प्रशिक्षण प्रदान गर्दै सम्पन्न भएको छ। उक्त वैठकमा संस्थाका उपाध्यक्षद्दारा स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिवले वैठक सन्चालन गर्नुभएको थियो ।
बैठकले आ.व. ०८२/०८३ को प्रगति प्रतिवेदन तथा आ.व. ०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटसहितको प्रतिवेदन संस्थाको १४ औं वार्षिक साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ।
जय साथी Sathi Co-operative
जय सहकारी !!!!!


























