Author name: Basanta Gurung

लुम्विनि प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(प्रोस्कुन)बाट यस साथी साकोस अवलोकन गर्दै अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला सहकारी संघ,अर्घाखाँची र अर्घाखाँची जिल्ला बचत संघकाे समम्वयन,राष्ट्रिय सहकारी बैँङ्क लि. का प्रशिक्षण विभाग,काठमाण्डाैमा कार्यरत श्री नारायण बेल्बासे ज्यूकाे प्रशिक्षण तथा यस साथी साकाेस,अर्घाखाँची साकाेस र त्रिवेणी साकाेसकाे अायाेजनामा साकाेस एकीकरण सम्बन्धी सम्युक्त प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकाे छ ।

यस साथी साकोसको वार्षिक कार्यक्रम अनुसार साथी तथा सहकारी शिक्षा कार्यक्रम संस्थाका शेयर सदस्यहरूको उपस्थितिमा सफलतापुर्वक सम्पन्न भएको छ । उक्त शिक्षा कार्यक्रम शिक्षा उप-समितिले सञ्चालन गरेकाे थियाे ।

साथी तथा सहकारी शिक्षा कार्यक्रम अन्तर्गत सहकारी शिक्षा कार्यक्रममा यदि कोहि सदस्य भाग लिन ईच्छुक हुनुहुन्छ भने मोबाईल न. 9857069478 मा सम्पर्क गर्न सक्नुहुनेछ । कार्यक्रम यहि जेठ १४ गते बिहिबार संचालन हुने जानाकारी गराउदछाैँ ।

सहकारी विभागको निर्देशन अनुसार यस साथी साकोसकाे २०८२ साल चैत्र मसान्त सम्मको संक्षिप्त वित्तिय विवरण

Scroll to Top