वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सफलतापुर्वक सम्पन्न
यस साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि., अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट (ब्रोकर नं. ७४) को प्राविधिक सहयोगमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम यस साकोसका अध्यक्ष श्री रुद्र प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष श्री डिलाराम भुसालको स्वागत मन्तव्य र सचिव श्री विष्णु प्रसाद बन्जाडेको सन्चालनमा सम्पन्न भएको छ भने सन्धिखर्क नगर प्रमुख श्री कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ लि. अर्घाखाँचीका अध्यक्ष श्री प्रकाश भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष श्री गणेश खनाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।उक्त कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै शेयर बजारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको छ।

















