साथी सदस्य सामिप्यता कार्यक्रम-२०८2 सफलतापुर्वक सम्पन्न

साथी सदस्य सामिप्यता कार्यक्रम-२०८३ सफलतापुर्वक सम्पन्न

सहकारीको सातौँ सिद्धान्त— सामुदायिक संलग्नता (Community Engagement)—लाई व्यवहारमा उतार्दै यस साथी बचत तथा ऋण सहकारी संस्था Sathi Co-operative ले आफ्नो वार्षिक कार्यक्रम बमोजिम सदस्य सामिप्यता अन्तर्गत रेसुङ्गाधाम अबलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेकाे छ। यस अन्तर्गत, संस्थाका ८८ जना सदस्यहरूको समुहले गुल्मी जिल्लाको रेसुङ्गा धाम सहित अन्य पर्यटकिय स्थलहरूको अबलोकन भ्रमण सम्पन्न गरेको छ। यो भ्रमण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेसुङ्गा संरक्षण समितिसँगको सामुदायिक संलग्नता र सहकार्य मार्फत सम्पन्न गरिएको थियाे। यस भ्रमणले राष्टिय पर्यटन प्रवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरेका छौ। संस्थाका शेयर सदस्यज्यूहरूको सकारात्मक तथा सक्रिय उपस्थितिले कार्यक्रमलाई पूर्ण तथा अनुकरणीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसका लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छाैँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top