साथी साकोसको १३ औं वार्षिक साधारणसभा अन्तर्गत संचालक समिती र लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया पूरा भएको छ। नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समिति बाट प्रमाणपत्र वितरण, पद तथा गोपनियताको सपत गराईएको छ। निवर्तमान संचालक समिति, उपसमितिहरु र कर्मचारीहरुबाट बधाई तथा शुभकामना कार्यक्रम , निवर्तमान समिति बाट नवनिर्वाचित समितिलाई निर्णयपुस्तिका हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।















