सहकारीको परिमार्जित सातौँ सिद्धान्त— सामुदायिक संलग्नता (Community Engagement)—लाई व्यवहारमा उतार्दै हाम्रो साथी बचत तथा ऋण सहकारी संस्था Sathi Co-operative ले आफ्नो वार्षिक कार्यक्रम सदस्य सामीप्यता अन्तर्गत “घुमौं अर्घाखाँची” अभियानको आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेकाे छ। यस अन्तर्गत, संस्थाका ८५ जना सदस्यहरूको टोलीले पाणिनी गाउँपालिकाका प्रमुख पर्यटन स्थलहरूको भ्रमण सम्पन्न गरेको छ। यो भ्रमण स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाणिनी गाउँपालिका, दुर्गेश्वर साततले गुफा व्यवस्थापन समिति, र पाणिनी तपोभूमि व्यवस्थापन समितिसँगको सामुदायिक संलग्नता र सहकार्य मार्फत सम्पन्न गरिएको थियाे। यस भ्रमणले स्थानीय पर्यटन प्रवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, आउँदो हप्ता हुने पाणिनी महा-सम्मेलनको तयारीलाई सघाउने अपेक्षा गरिएको छ। संस्थाका गहनाहरु शेयर सदस्यज्यूहरूको सकारात्मक तथा सक्रिय उपस्थितिले कार्यक्रमलाई पूर्ण तथा अनुकरणीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसका लागि सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछाैँ ।























