यस साथी बचत तथा ऋण सहकारी लि. द्वारा शेयर सदस्य न.२६८३ का बाल शेयर सदस्य स्वर्गीय सक्षम महतको परिवारलाई दुर्घटना बिमा बापतको रू. १,००,०००/- (एक लाख) हस्तान्तरण गरिएको छ । महतको गत जेठ २५ गते हंसपुरवाट सन्धिखर्क आउदैगर्दा सन्धिखर्क ९ मा पर्ने टारीमा जिप दुर्घटनापरी ७ बर्षको कलियो उमेरमा ज्यान गएको थियो ।
२०६९ सालमा स्थापना गरिएको यस सहकारी लि. ले हाल सम्म विभिन्न घटना तथा दुर्घटनामा परेका २३ जना लाई रू. चार लाख सात हजार भन्दा बढी बिमा बापतको रकम हस्तान्तरण गरिसकेको छ ।
कुल ३३२३ सदस्य संख्या रहेको यस सहकारीको जगेडा कोषमा १ करोड ७ लाख रहेको उल्लेख गर्दै आफ्नो संस्थाका दीर्घरोगी लगायत अन्य बिपत तथा दुर्घटनामा परेका हरुलाई सहयोग गर्दै आइरहेको छ ।
शुक्रवार साथी साकोस कार्यालयमा आयोजित दुर्घटना बिमा बापतको रकम हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा न.२ का वडाअध्यक्ष मोतिजङ रायमाझी, स्वर्गीय सक्षम महतका बुवा संगम महत, आमा सरिता महत, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, पत्रकार श्याम घिमिरे र संस्थाका पदाधिकारी सदस्य तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रम अध्यक्ष प्रकाश भुसालको अध्यक्षता तथा सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।








