साथी बाल कल्याण क्लब साथी साकोसका का बाल सदस्य र शेयर सदस्यहरूका ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई संगठित गर्दै उनीहरूको नेतृत्व विकास, प्रतिभा पहिचान, क्षमता अभिवृद्धि, तथा वित्तीय सचेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको क्लब हो।यो क्लबमार्फत बालबालिकालाई बचत गर्न उत्प्रेरित गर्दै उनीहरूमा वित्तीय अनुशासनको विकास गरिन्छ। साथै, उनीहरूलाई आपसी सम्बन्ध प्रगाढ बनाउने, सामाजिक चेतना अभिवृद्धि गर्ने तथा विविध सिर्जनात्मक गतिविधिहरूमा संलग्न गराउने लक्ष्य राखिएको छ।उक्त दिन क्लबका बालबालिकालाई अर्घाखाँची जिल्लामा लामो समयदेखि सेवा दिँदै आउनुभएका अत्यन्त लोकप्रिय फिजिसियन डा. पवन कटवाल ज्युले स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुहुनेछ। साथै, उहाँले बालबालिकाका लागि प्रेरणादायी प्रशिक्षण समेत दिनुहुनेछ। यस अवसरमा विपिन फार्मेसी र अर्घाखाँची हस्पिटल प्रा. लि. को प्राविधिक सहयोगमा बालबालिकाको स्वास्थ्य परीक्षण समेत गरिनेछ।










