यस साथी बचत तथा ऋण सहकारी संस्था लि. र काठमाण्डौँ मेडिकल कलेज प्रालि बिच भएकाे सम्झौता अनुसार उपचारमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।काठमाडौंको सिनामंगलमा रहेको नेपालको प्रतिष्ठित शिक्षण अस्पताल र यस साथी साकोस बीच भएको सम्झौता अनुसार साथी साकोसको बिरामी भइ जाने सदस्यहरूकाे उपचारका लागि मेडिकल कलेजले सहुलियतमा उपचार गराउँने भएको छ । काठमाण्डौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सैना शर्मा र यस साथी साकोसका अध्यक्ष प्रकाश भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । दुई संस्थाले गरेको सम्झौता अनुसार क्याविन, औषधी र उपचारमा लाग्ने औषधी बाहेकका अस्पतालले दिने सेवामा २० प्रतिशत छुट दिने भएको छ । यो सम्झौता भएसँगै यस साथी साकाेसका सदस्यहरुले सहुलियत रुपमा उपचार गर्न पाउँने यस साथी साकोसका अध्यक्ष प्रकाश भुसालको भनाई छ । सदस्यहरुको हितका निम्ती उपयुक्त सम्झौता भएको र आकस्मिक रुपमा बिरामीहरु जानुपरेमा पनि अस्पतालसँग समन्वय गरी २४ घण्टाभित्र आवश्यक कागजपत्र पठाउँने गरी सम्झौता भएको हो । यस साथी साकाेसले सामाजिक उत्तरदायित्व अन्तरगतका कामहरु पनि गर्दै आएको छ।







