Author name: Basanta Gurung

रुपन्देहीबाट अध्ययन अबलोकन भ्रमणमा आउनुभएका गौरवान्दित साकोस परिवार विच अनुभव आदानप्रदान र आपसी सिकाई कार्यक्रम सम्पन्न भएको छ। यसको लागि हाम्रो संस्था छनौट गर्नुभएको मा सम्पूर्ण साकोस परिवारलाई धन्यवाद साथै यहाँहरुको अध्ययन अबलोकन भ्रमण पुर्ण सफलताको कामना गर्दछाै ।

नयाँ बर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण सदस्यहरु, कर्मचारीहरु लगायत देश विदेश बस्ने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।

यस साकोसको साथी महिला सशक्तीकरण क्लब (Sathi Woman’s Empowerment Club )को पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएकाे छ ।

साथी बचत तथा ऋण सहकारी संस्था लि. महिला परिचालन उपसमितिको आयोजनामा ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा साथी महिला सशक्तीकरण क्लब (Sathi Woman’s Empowerment Club )गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त महिला सदस्यहरुको भेलाले निम्न अनुसारको कार्य समिति गठन गरेको छ।

अध्यक्ष :बिना पन्थी

उपाध्यक्ष :आशा केसी

सचिव : भावना केसी

कोषाध्यक्ष : बसन्ता खत्री

सदस्यहरु: सरस्वता खड्का, मिना अधिकारी, मन्जु शाह,पवित्रा पौडेल,पुष्पा जि.सि.,गिता खनाल,अस्मिता पोख्रेल, माया भुसाल,रमा सार्की,राधा खनाल, कमला बन्जाडे र दुर्गा श्रेष्ठ

साथी बाल कल्याण क्लब द्रारा आयोजित विभिन्न कार्यक्रमहरुको झलक :हाम्रा बाल सदस्यहरुको प्रतिभा पहिचान गरि नेतृत्व एवं क्षमता विकास गर्दै वचत गर्ने बानिको विकास गर्नु हाम्रो कर्तव्य हो।

यस साथी साकोसका महिला सदस्यहरुको क्षमता तथा नेतुत्व विकास , उधमशिलता विकास र वचत गर्ने बानिको विकासको लागि साथी महिला सशक्तीकरण क्लब “Sathi Women’s Empowerment Club” गठन गर्न लागिएकोले ईच्छुक महिला सदस्य ज्युहरुले यहि मिति २०८१ चैत २२ गते दिउँसो १ बजे भित्र कार्यलयमा सम्पर्क गरि आआफ्नो नाम टिपाउनु हुन अनुरोध छ ।

सम्पुर्ण साथी बाल कल्याण क्लबका सदस्यहरु र कक्षा ५ देखि SEE सम्मको परिक्षा दिएका विधार्थी सदस्यहरुलाई तथा अभिभावक ज्युहरुलाई यहि चैत २१ गते दिउँसो २ बजेसम्म आआफ्नो नाम टिपाउनु हुन अनुरोध छ ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा संस्थाको नियमित वार्षिक कार्यक्रम भित्तेपात्रो सार्वजनिक कार्यक्रम यस वर्ष संस्थाका अभिभावक ज्येष्ठ सदस्यहरु श्री खिमानन्द घिमिरे , श्री केशवराज चुदाली र श्री पुनाराम आचार्यको उपस्थितिमा सहकारी दिवस एवं नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै सप्पन्न गरिएको छ।

सहकारीको परिमार्जित सातौँ सिद्धान्त— सामुदायिक संलग्नता (Community Engagement)—लाई व्यवहारमा उतार्दै हाम्रो साथी बचत तथा ऋण सहकारी संस्था Sathi Co-operative ले आफ्नो वार्षिक कार्यक्रम सदस्य सामीप्यता अन्तर्गत “घुमौं अर्घाखाँची” अभियानको आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेकाे छ। यस अन्तर्गत, संस्थाका ८५ जना सदस्यहरूको टोलीले पाणिनी गाउँपालिकाका प्रमुख पर्यटन स्थलहरूको भ्रमण सम्पन्न गरेको छ। यो भ्रमण स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाणिनी गाउँपालिका, दुर्गेश्वर साततले गुफा व्यवस्थापन समिति, र पाणिनी तपोभूमि व्यवस्थापन समितिसँगको सामुदायिक संलग्नता र सहकार्य मार्फत सम्पन्न गरिएको थियाे। यस भ्रमणले स्थानीय पर्यटन प्रवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, आउँदो हप्ता हुने पाणिनी महा-सम्मेलनको तयारीलाई सघाउने अपेक्षा गरिएको छ। संस्थाका गहनाहरु शेयर सदस्यज्यूहरूको सकारात्मक तथा सक्रिय उपस्थितिले कार्यक्रमलाई पूर्ण तथा अनुकरणीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसका लागि सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछाैँ ।

Scroll to Top