यस साथी बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजत पत्र प्राप्त गर्ने जिल्लाकाे पहिलाे सहकारी बनेकाे छ।

प्रविधिको प्रभाबकारी प्रयोग गरि सदस्यलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा InfoDevelopers Pvt.Ltd. तथा Ankur InfoTech द्रारा आयोजित डिजिटल सचेतता तथा सहकारी भेटघाट कार्यक्रमको अबसरमा बुटवलमा संस्था सम्मानित भएकाे छ । #InfoDevelopers#AnkurinfoTech तथा #infinity#software परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ । साथै हाम्रो सबै Sathi Co-operative का शेयर सदस्य ज्युहरुलाई हार्दिक बधाई !!!



साथी साकोसको १३ औं वार्षिक साधारणसभा अन्तर्गत संचालक समिती र लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया पूरा भएको छ। नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समिति बाट प्रमाणपत्र वितरण, पद तथा गोपनियताको सपत गराईएको छ। निवर्तमान संचालक समिति, उपसमितिहरु र कर्मचारीहरुबाट बधाई तथा शुभकामना कार्यक्रम , निवर्तमान समिति बाट नवनिर्वाचित समितिलाई निर्णयपुस्तिका हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।









साथी साकोसको गरिमामय १३ औं वार्षिक साधारणसभा सदस्यज्युहरूको व्यापक सहभागितामाझ भव्य तथा सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण (अडिट) प्रतिवेदन तथा आगामी आ.व. २०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
यस वर्ष संस्थाको निर्वाचनमा ९ सदस्यीय सञ्चालन समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका लागि जम्मा १२ जनाको मात्र उम्मेदवारी परेको हुँदा, प्राप्त उम्मेदवारीमाथि निर्वाचन समितिले आवश्यक छानबिन सम्पन्न गरेको छ।
निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको घोषणा, सपथग्रहण, प्रमाणपत्र वितरण तथा माइनुट हस्तान्तरण कार्यक्रम मिति २०८२ कार्तिक ३० गते, अपराह्न ४:०० बजे, सन्धिखर्क–०१ स्थित सहकारी बजारमा रहेको जिल्ला सहकारी संघको हलमा सम्पन्न भएकाे छ।
आजको साधारणसभा भव्य र सफल बनाउन सहयोग पुर्याउनुहुने सबै सदस्य, अतिथि एवं सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
जय साथी !जय सहकारी !!


















