नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
HAPPY NEW YEAR 2083

संस्थाका शेयर सदस्य नं.६११ का श्री हरी प्रसाद भुसाल ज्यु प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्दै अत्यधिक मतका साथ विजय हासिल गर्नुभएकोमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका सदस्यहरूकाे उपस्थितिमा बधाई तथा शुभकामना ज्ञापन गर्दै सम्पन्न गरियो![]()
![]()





साथी सदस्य सामिप्यता कार्यक्रम-२०८३ सफलतापुर्वक सम्पन्न
सहकारीको सातौँ सिद्धान्त— सामुदायिक संलग्नता (Community Engagement)—लाई व्यवहारमा उतार्दै यस साथी बचत तथा ऋण सहकारी संस्था Sathi Co-operative ले आफ्नो वार्षिक कार्यक्रम बमोजिम सदस्य सामिप्यता अन्तर्गत रेसुङ्गाधाम अबलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेकाे छ। यस अन्तर्गत, संस्थाका ८८ जना सदस्यहरूको समुहले गुल्मी जिल्लाको रेसुङ्गा धाम सहित अन्य पर्यटकिय स्थलहरूको अबलोकन भ्रमण सम्पन्न गरेको छ। यो भ्रमण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेसुङ्गा संरक्षण समितिसँगको सामुदायिक संलग्नता र सहकार्य मार्फत सम्पन्न गरिएको थियाे। यस भ्रमणले राष्टिय पर्यटन प्रवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरेका छौ। संस्थाका शेयर सदस्यज्यूहरूको सकारात्मक तथा सक्रिय उपस्थितिले कार्यक्रमलाई पूर्ण तथा अनुकरणीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसका लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छाैँ ।

























उधमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता “
६९ औं राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना!!
सहकारी दिवसको अघिल्लो दिन साँझ हुने संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत भित्तेपात्रो सार्वजनिक कार्यक्रम यस वर्ष पनि संस्थाका अभिभावक ज्येष्ठ सदस्यहरु श्री पुनाराम पौडेल, श्री कमल प्रसाद भुसाल, श्री मिना कुमारी श्रेष्ठ र श्री मनि घर्तीको प्रमुख आतिथ्यतामा सहकारी दिवस एवं नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा अन्तरकृया गर्दै सम्पन्न गरिएको छ, साथै भोलि ६९ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा संस्थाबाट सदस्यहरुसंग शुभकामना आदान प्रदान गर्दै क्यालेन्डर वितरण गरिने छ









यस संस्थाकाे १३ अाैँ वार्षिक साधारण सभाबाट पारित अा.ब.०८२/०८३ काे वार्षिक कार्ययाेजना बमाेजिम तथा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यहि चैत्र २१ गते शनिबारका दिन गुल्मी जिल्लाको पबित्र स्थल रेसुङ्गा धाम सहित अन्य स्थानहरूमा अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरिएकाले उक्त भ्रमण कार्यक्रममा सदस्य न. ७०० सम्मका ३५ जना सदस्यहरूलाइ सदस्य नम्बर क्रम संख्याकाे अाधारमा छनाैट गरिने भएकाले जान इच्छुक सदस्यले तल दिइएका फाेन नम्बरमा नाम टिपाउनुहुन अनुराेध छ![]()
साथै संस्थाकाे कार्यलयबाट पनि फाेन सम्पर्क भइरहेकाे जानाकारी गराउदछाैँ ।
पुनश्चः सदस्यहरूलाइ सदस्य नम्बर क्रम संख्याकाे अाधारमा छनाेट गरिनेछ । साथै एक पटक भ्रमणमा गइसकेकाे सदस्यलाइ पुनः भ्रमणमा सहभागी गराइनेछैन ।
सम्पर्क न.९८५७०६९४७८,०७७४२०४७८,९८४७३४३६२८

यस साथी बचत तथा ऋण सहकारी संस्था लि. पनि कर्जा सूचना केन्द्र (Credit Information Bureau – CIB) मा आबद्ध भएको सहर्ष जानकारी गराउँदछौं। मिति २०८२/११/२७ मा प्राप्त आधिकारिक सदस्यतासँगै, अब संस्थाले कर्जा प्रवाह गर्दा राष्ट्रिय स्तरको सूचना प्रणाली प्रयोग गर्नेछ, जसले खराब ऋणी सदस्यहरूलाई निरुत्साहित गर्दै असल ऋणी सदस्यहरूलाई प्रोत्साहन गर्नेछ |
