Author name: Basanta Gurung

महिला दिदीबहिनीहरु संग साथी कार्यक्रम अन्तरगत, सामुहिक पन्चमी पुजा र तिज गित नाचगान कार्यक्रम व्यापक महिला दिदिबहिनीहरुको उपस्थितिमा सफलतापुर्वक सम्पन्न भएको छ।

यस साथी साकोसको ११ औं विस्तारित बैठक आ.व. ०७९/०८० को वार्षिक समिक्षा , आ. व. ०८०/०८१ को प्रस्तावित नीति , कार्यक्रम तथा बजेट तर्जुमा गर्दै ११ औं वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिबेदन पारित गर्दै सप्पन्न भएको छ। उपस्तिथित सम्पूर्ण सहभागी तथा सहजीकरण गर्ने सहकारी विज्ञ श्री नारायण बेल्वासे ज्युलाई विषेश धन्यवाद ।

यस साथी बचत तथा ऋण सहकारी लि. द्वारा शेयर सदस्य न.२६८३ का बाल शेयर सदस्य स्वर्गीय सक्षम महतको परिवारलाई दुर्घटना बिमा बापतको रू. १,००,०००/- (एक लाख) हस्तान्तरण गरिएको छ । महतको गत जेठ २५ गते हंसपुरवाट सन्धिखर्क आउदैगर्दा सन्धिखर्क ९ मा पर्ने टारीमा जिप दुर्घटनापरी ७ बर्षको कलियो उमेरमा ज्यान गएको थियो ।
२०६९ सालमा स्थापना गरिएको यस सहकारी लि. ले हाल सम्म विभिन्न घटना तथा दुर्घटनामा परेका २३ जना लाई रू. चार लाख सात हजार भन्दा बढी बिमा बापतको रकम हस्तान्तरण गरिसकेको छ ।


कुल ३३२३ सदस्य संख्या रहेको यस सहकारीको जगेडा कोषमा १ करोड ७ लाख रहेको उल्लेख गर्दै आफ्नो संस्थाका दीर्घरोगी लगायत अन्य बिपत तथा दुर्घटनामा परेका हरुलाई सहयोग गर्दै आइरहेको छ ।


शुक्रवार साथी साकोस कार्यालयमा आयोजित दुर्घटना बिमा बापतको रकम हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा न.२ का वडाअध्यक्ष मोतिजङ रायमाझी, स्वर्गीय सक्षम महतका बुवा संगम महत, आमा सरिता महत, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, पत्रकार श्याम घिमिरे र संस्थाका पदाधिकारी सदस्य तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।


कार्यक्रम अध्यक्ष प्रकाश भुसालको अध्यक्षता तथा सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

आ. व. २०७९/०८० को वार्षिक समिक्षा , आ. व. ०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट साथै कार्यविधि संसोधन र निर्माणका लागि प्रारम्भिक मस्यौदा तय तथा जिम्मेवारी बाढफाड गर्न साथी साकोसका संचालक समिति , लेखा सुपरिवेक्षण समिती , अन्य उपसमितिहरु र कर्मचारीहरुको संयुक्त बैठक आज आषाढ १५ को धान दिवस र दही चिउरा खाने दिनको अबसर पारेर संस्थाको कार्यलय मा गहन छलफल सहित सप्पन्न गरियो।

सम्पूर्णमा सदस्य ज्यूहरूमा नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै….🎉🎊🥳

साथी सदस्य सामिप्यता कार्यक्रम अन्तर्गत चैत्र 25 गते पाल्पा रानी महल, भैरवस्थान मन्दिर हुँदै रुरु क्षेत्र सम्मकाे अवलाेकन भ्रमण सफलतापूर्वक सम्पन्न भएकाे छ ।

सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासो अन्तर्गत सामाजिक उत्तरदायित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै जिल्लाको अत्यन्त्तै विकट मानिने क्षेत्रका विपन्न वर्गहरुलाई लक्षित गर्दै मिति २०७९ फागुन १० र ११ गते शितगङ्गा नगरपालिका वार्ड न. ७ लामातालमा नेत्र ज्योति संघ अर्घाखाँचीको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको १५ जनाको प्राविधिक टिमको सक्रियतामा २५७ जना विरामीहरुलाई निशुल्क आँखा परिक्षण, औषधि वितरण र २३ जनाको मोतियाविन्दु अप्रेसन गरि नयाँ रोसनी दिन सफल भएका छौं । हाम्रो जिल्लाको अत्यन्तै पिछडिएको क्षेत्रका हाम्रा विपन्न आमाबुवा ,दिदीबहिनी तथा दाजुभाइहरुलाई सेवा प्रदान गर्न पाएकोमा हामी धेरै खुशी छौं । यसको मुख्य पाटो प्राविधिक सहयोग गर्ने जिल्ला आँखा अस्पताल अर्घाखाँची परिवार, समन्वय गर्ने शितगङा नगरपालिका वार्ड न. ०७, कार्यक्रममा उपस्थित भै हौसला बढाईदिने नगरप्रमुख ज्यु लगायत बसाई तथा कार्यक्रम स्थल उपलब्ध गराउने लामातालवासीमा हार्दिक धन्यवाद ।

Scroll to Top