Author name: Basanta Gurung

यस साथी साकोसको १२ औं वार्षिक साधारणसभा सफलतापुर्वक सप्पन्न भएको छ। हाम्रो यस १२ औं वार्षिक साधारणसभालाई भव्य र सभ्यरूपमा सफल पार्न पाल्नुहुने प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका आदरणीय नगर प्रमुख ज्यु,विशिष्ट अतिथि उप प्रमुख ज्यु,विशिष्ट अतिथि एवं प्रशिक्षक सफल उधमी एवं शिक्षा विद श्री भोज बहादुर शाह ज्यु, जिल्ला सहकारी संघ , वचत संघ , पत्रकार महासंघ लगायत अन्य अतिथि , शुभचिन्तक र उपस्थित हाम्रा शेयर सदस्य ज्युहरुलाई हार्दिक धन्यवाद साथै सम्मानित एवं पुरस्कृत हाम्रा शेयर सदस्य ज्युहरु, पत्रकार ज्यु लाई हार्दिक आभार व्यक्त गर्दछौं ।

महिला दिदीबहिनीहरुसंग साथी कार्यक्रम अन्तर्गत तिज गित नाचगान कार्यक्रम व्यापक महिला दिदिबहिनीहरुको उपस्थितिमा सफलतापुर्वक सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यलयका रजिस्ट्रार श्री मधु कृष्ण पौड्याल ज्युबाट साथी साकोसको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

साथी साकोसको १२ औं विस्तारित बैठक निम्न निर्णय गर्दै सम्पन्न भएको छ।

१- संस्थाको १२ औं वार्षिक साधारणसभा मिति २०८१ आश्विन ५ गते शनिबार सन्धिखर्क -०१, टुडिखेलमा सप्पन्न गर्ने ।

१- संस्थाको १२ औं वार्षिक साधारणसभा मिति २०८१ आश्विन ५ गते शनिबार सन्धिखर्क -०१, टुडिखेलमा सप्पन्न गर्ने ।

२- संस्थाको २०८५ (आ.व. ०८४/०८५) सम्मको लक्ष्य सहितको रणनीतिक योजना सुझाव सहित पारित गरिएको छ।

३- संस्थाको आ.व. ०८०/०८१ को वार्षिक प्रगति प्रतिबेदन पारित गर्दै १२ औं वार्षिक साधारणसभा प्रस्तुत गर्ने निर्णय गरिएको छ।

४- वार्षिक लेखा परिक्षण प्रतिबेदन पारित गर्दै साधारणसभामा प्रस्तुत गर्ने।

५- वार्षिक नीति तथा कार्यक्रम र बजेट माथी व्यापक बहस गर्दै पारित गरि १२ औं वार्षिक साधारणसभामा लैजाने । १२ औं विस्तारित बैठकमा उपस्थित सबै सहभागीलाई हार्दिक धन्यवाद ।

संस्थाले प्रत्येक वर्षको श्रावण महिना भित्र अनिवार्य गर्नुपर्ने बैठक जसमा अघिल्लो आर्थिक वर्षको समिक्षा हुन्छ , आउँदो आर्थिक बर्षका नीति , कार्यक्रम र बजेटका मस्यौदा माथी व्यापक बहस र छलफल हुन्छ,वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिबेदनको खाका पारित हुन्छ, लेखा परिक्षक वा प्रतिनिधि मार्फत सम्पन्न लेखापरीक्षण प्रतिबेदन बारेमा जानकारी दिने गरिन्छ ।यस बैठकमा संचालक समिति , लेखा सुपरिवेक्षण समिती , सल्लाहकार ,सबै उपसमिति, वित्तीय क्षेत्रमा काम गर्ने तथा ज्ञान् भएका शेयर सदस्यहरु र कर्मचारीको सहभागिता रहन्छ ।यस पटकपटकको १२ औं विस्तारित बैठक यहि मिति २०८१ श्रावण २६ गते शनिबार विहान ठिक १०.३० बजे सन्धिखर्क -०१, पुलचोक स्थित होटल साथीमा हुन गइरहेकोले सम्मब्धित सबै समिति ,उपसमिति र कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध छ।

साथी र शुक्रबार कार्यक्रम अन्तर्गत यो आ.ब.को अन्तिम नेतृत्व विकास कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।

Scroll to Top