Author name: Basanta Gurung

सहकारी मन्त्रालयको वार्षिक कार्ययोजना अन्तर्गत PEARLS तथा MCI विधि बाट यस साथी साकोसको कार्यसंपादन तथा मुल्यांकन सम्पन्न भएको छ। प्रदेश रजिस्ट्रार ज्युको नेतुत्वमा प्राविधिक सहित मन्त्रालय , दर्ता अधिकारीको कार्यलय र प्रशिक्षालयको संयुक्त टोलिबाट संस्था अनुगमन तथा मुल्यांकन भएको थियो।

संस्थाकाे १२ अाैँ वार्षिक साधारणा सभाबाट पारित अा.ब.०८१/०८२ काे वार्षिक कार्ययाेजना बमाेजिम सदस्य सामिप्यता कार्यक्रम अन्तर्गत ६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा अान्तरिक पर्यटन प्रवर्दनका लागि घुमाैँ अर्घाखाँची अन्तर्गत पाणिनि भ्रमण कार्यक्रम यहि चैत्र १६ गते शनिबारका दिन अायाेजना गरिएकाे जानाकारी गराउदछाै ।

उक्त भ्रमण कार्यक्रममा १२ अाैँ वार्षिक साधारणा सभामा गाेलाप्रथाबाट तथा सदस्य क्रम संख्याकाे अाधारमा छनाैट गरिएका ३५ जना, सदस्य न. ६५० भित्रका ३५ जना र अन्य समिति / उपसमिति / पत्रकार गरि ३० जना गरि जम्मा १०० जना सदस्यहरूकाे सहभागिता रहने गरि संस्थाको कार्यलयबाट खबर गरिनेछ, अन्तमा कुनै कारणवस जान नसक्ने सदस्यहरुको ठाँउमा अन्य ईच्छुक सदस्यहरुलाई अबसर प्रदान गरिने छ जसको लागि संस्थाको कार्यलयमा सम्पर्क गर्नुहोला ।

यस साथी साकोसको संचालक समितिको १७२औं बैठकको निर्णय एवं १२ औं वार्षिक साधारणसभा द्रारा पारित निम्न कार्यक्रमहरू गरि ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएकाेले सम्बन्धित सम्पुर्ण सदस्यहरुलाई जानकारी गराउदछाैँ

साथी बाल कल्याण क्लबको शुभारम्भ समारोह कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। उपस्थित बाल सदस्यहरुबाट ११ सदस्यिय कार्य समिति गठन साथै नव गठित कार्य समितिलाई उच्च कार्य सम्पादनको शुभकामना व्यक्त गर्दछाैँ ।

साथी बाल कल्याण क्लब साथी साकोसका का बाल सदस्य र शेयर सदस्यहरूका ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई संगठित गर्दै उनीहरूको नेतृत्व विकास, प्रतिभा पहिचान, क्षमता अभिवृद्धि, तथा वित्तीय सचेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको क्लब हो।यो क्लबमार्फत बालबालिकालाई बचत गर्न उत्प्रेरित गर्दै उनीहरूमा वित्तीय अनुशासनको विकास गरिन्छ। साथै, उनीहरूलाई आपसी सम्बन्ध प्रगाढ बनाउने, सामाजिक चेतना अभिवृद्धि गर्ने तथा विविध सिर्जनात्मक गतिविधिहरूमा संलग्न गराउने लक्ष्य राखिएको छ।उक्त दिन क्लबका बालबालिकालाई अर्घाखाँची जिल्लामा लामो समयदेखि सेवा दिँदै आउनुभएका अत्यन्त लोकप्रिय फिजिसियन डा. पवन कटवाल ज्युले स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुहुनेछ। साथै, उहाँले बालबालिकाका लागि प्रेरणादायी प्रशिक्षण समेत दिनुहुनेछ। यस अवसरमा विपिन फार्मेसी र अर्घाखाँची हस्पिटल प्रा. लि. को प्राविधिक सहयोगमा बालबालिकाको स्वास्थ्य परीक्षण समेत गरिनेछ।

हाम्रो संस्थामा विगत पाँच वर्षभन्दा बढी समयदेखि इमानदारीपूर्वक सेवा प्रदान गर्दै आएका कार्यालय सहायकद्वय श्री शारदा जी.एम. र श्री रूपा भट्टराईलाई स्थायी नियुक्ति प्रदान गरिएको छ।

यहि माघ ११ गते साथी तथा सदस्य शिक्षा कार्यक्रम सदस्यहरूकाे उपस्थितिमा सफलतापुर्वक सम्पन्न भएकाे छ ।

Scroll to Top