
यस साथी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्यक्रम अनुसार साथी सदस्य सामिप्यता कार्यक्रम २०८० अन्तर्गत आन्तरिक पर्यटन प्रबर्द्धनका लागि घुमाैं अर्घाखाँची भन्ने मुख्य उद्देश्यका साथै नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको पर्यटन प्रबर्द्धन अभियानमा ऐक्यबद्धता जनाउदै सन्धिखर्क नगरपालिका वडा न.११ को रक गार्डेन , मालारानी -३ स्थित मालारानी मन्दिर , मनचिन्ते पानी , छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको छत्रमहाराजकोट दरबार, छत्रदेव वार्ड नम्बर २ मा रहेको ऐतिहासिक बल्कोट पौवा, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ स्थित मथुरा गोपेश्वर पिठ लगायतका क्षेत्रमा यहि २०८० चैत २४ गते घुमफिर तथा अवलोकन सफलतापुर्वक सम्पन्न भएकाे छ ।












६७ औं राष्ट्रिय सहकारी दिवस लक्षित विभिन्न कार्यक्रमहरु अन्तर्गत हाम्रा नवगठित सबै उपसमितिका ३४ जना नयाँ सदस्यहरुलाइ स्वागत, पत्रकारहरु सङ्ग साथी कार्यक्रम र नव वर्ष २०८० सालकाे भित्तेपात्राे बिमाेचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकाे छ । उपस्थित सम्पूर्ण पत्रकार साथीहरू, महासंघ सभापति , पुर्व सभापति ज्युहरुलाई विशेष धन्यवाद । साथै कार्यक्रमका प्रमुख अतिथी, जिल्ला वचत संघका अध्यक्ष ज्युलाई हार्दिक धन्यवाद ।










यस साथी बचत तथा ऋण सहकारी संस्था लि. र काठमाण्डौँ मेडिकल कलेज प्रालि बिच भएकाे सम्झौता अनुसार उपचारमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।काठमाडौंको सिनामंगलमा रहेको नेपालको प्रतिष्ठित शिक्षण अस्पताल र यस साथी साकोस बीच भएको सम्झौता अनुसार साथी साकोसको बिरामी भइ जाने सदस्यहरूकाे उपचारका लागि मेडिकल कलेजले सहुलियतमा उपचार गराउँने भएको छ । काठमाण्डौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सैना शर्मा र यस साथी साकोसका अध्यक्ष प्रकाश भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । दुई संस्थाले गरेको सम्झौता अनुसार क्याविन, औषधी र उपचारमा लाग्ने औषधी बाहेकका अस्पतालले दिने सेवामा २० प्रतिशत छुट दिने भएको छ । यो सम्झौता भएसँगै यस साथी साकाेसका सदस्यहरुले सहुलियत रुपमा उपचार गर्न पाउँने यस साथी साकोसका अध्यक्ष प्रकाश भुसालको भनाई छ । सदस्यहरुको हितका निम्ती उपयुक्त सम्झौता भएको र आकस्मिक रुपमा बिरामीहरु जानुपरेमा पनि अस्पतालसँग समन्वय गरी २४ घण्टाभित्र आवश्यक कागजपत्र पठाउँने गरी सम्झौता भएको हो । यस साथी साकाेसले सामाजिक उत्तरदायित्व अन्तरगतका कामहरु पनि गर्दै आएको छ।
















































